Panchthare Sainlo

May 17, 2011

नेपाली गजलपरम्परामा संयुक्त गजलसङ्ग्रह, गजल विशेषाङ्क तथा गजलप्रधान पत्रपत्रिका सङ्क्षिप्त रेखाङ्कन

Filed under: Uncategorized

नेपाली गजलपरम्परामा संयुक्त गजलसङ्ग्रह,
गजल विशेषाङ्क तथा गजलप्रधान पत्रपत्रिका सङ्क्षिप्त रेखाङ्कन

-घनेन्द्र ओझा

नेपाली गजललेखन परम्परामा सङ्ग्रह प्रकाशनको श्रीगणेश संयुक्त गजलसङ्ग्रहबाटै भएको हो । वि. सं. १९६९ मा गोपीनाथ लोहनी र दुर्गादेव पाण्डेको सम्पादनमा प्रकाशन भएको सङ्गीत चन्द्रोदय’बाट नेपाली भाषामा गजलसङ्ग्रह प्रकाशनको शुभारम्भ भएको मानिन्छ । सङ्गीत चन्द्रोदयपछि एकल गजलसङ्ग्रह प्रकाशनको लहर चल्यो ।

त्यसबेलाका प्रसिद्ध साहित्यकारहरू भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर आदिले एकल गजलसङ्ग्रह प्रकाशन गरे । वि. सं. १९९४ मा भीमनिधि तिवारीले मेरी बयासी गजल’ प्रकाशन गरेका देखिन्छ भने यसको दुई वर्षपछि अर्थात् वि. सं. १९९६ मा उपेन्द्रबहादुर जिगरले एक सय एक गजल’ प्रकाशन गरेको पाइन्छ । त्यस समय भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरबीच सङ्ग्रह प्रकाशनमा होडबाजी भएको पुष्टि तिवारीले वि. सं. २००२ मा बयासी र बीस गजल मेरी’ प्रकाशन गर्नुले गर्दछ । जिगरको एक सय एक गजल’लाई उछिन्न बयासी गजलमा बीसओटा थपेर जिगरको भन्दा एउटा बढी बनाउने लोभ तिवारीमा देखिन्छ ।

जे भए पनि यी सबै गजलसङ्ग्रहहरू नेपाली गजलको प्राथमिककालमा प्राप्त महत्त्वपूर्ण उपलब्धि हुन् । यिनै गजलसङ्ग्रह र गजलकारले देखाएको बाटोमा अहिलेसम्म नेपाली गजलकारहरू हिडिरहेका छन् ।

नेपाली गजलपरम्परामा देखिएका केही महत्त्वपूर्ण संयुक्त गजलसङ्ग्रह तथा गजलविशेषाङ्कहरू यहा उल्लेख गरिएको छ । यीमध्ये प्राप्त संयुक्त गजलसङ्ग्रहको मात्र छोटो चर्चा गरिएको छ । (more...)

October 3, 2008

ME GHANU

Filed under: Uncategorized

ME GHANU OJHA

September 19, 2008

बहर तथा लयमा गजललेखन

Filed under: Uncategorized

- घनेन्द्र ओझा
ghanuojha@yahoo.com (ghanuojha.blogsome.com)

ME GHANU

नेपाली गजल परम्पराको इतिहासले सय वर्षपार गरिसकेको छ । मोतीराम भट्टकालीन समयमा हिन्दीबाट नेपाल प्रवेश गरेको गजल त्यस समयका मोतीमण्डलीका सदस्यहरू, त्यसपछिका भीमनिधि तिवारी, शम्भुप्रसाद ढुङ्गेल हुँदै उपेन्द्रबहादुर जिगरसम्म आइपुगेर बिक्रमाब्दको २००० को दशकबाट चीरकालीन सुषुप्त अवस्थामा रहृयो । बिक्रमाब्दको २०३० को दशकको अन्त्यतिरदेखि हालसम्मको इतिहास अनुसार ज्ञानुवाकर पौडेलको माध्यमबाट गजलले पुनर्जागृत हुने अवसर प्राप्त गर्‍यो ।
(more...)

July 8, 2008

घनेन्द्र ओझाका कविताहरू

Filed under: Uncategorized

BOOK
१)
अभ्यन्तरको यात्रा

फेरि रोपियो साँझ
अन्धा तुल्याएर आँखामा
निष्पट्ट छोपेर वयस्क घाम
छताछुल्ल पोखियो- अँध्यारो । (more...)

घनेन्द्र ओझाका गजलहरू

Filed under: Uncategorized

१)
बनाउ“छ मन्दिर ऊ भित्र जान मनाही छ
मानिसै हो मानिसको पाउन मान मनाही छ ।

बगाउ“छ पसिना ऊ दुनिया“लाई बचाउन
तरै पनि दर्ुइ गा“स मीठो खान मनाही छ ।

सभ्यताको कुरा अझै कति गर्छन् मान्छेहरू
मान्छेभित्रै मान्छेलाई दिन स्थान मनाही छ ।

अत्याचार हो, अन्याय हो, छुवाछूत मान्छेबीच
यही कुराको समाजमा दिन ज्ञान मनाही छ । (more...)

June 28, 2006

अन्तरिम शासन विधानको मर्म

Filed under: Uncategorized

- घनेन्द्र ओझा

असार २ को सरकार-माओवादीबीच भएको आठबुादे सहमतिमा अन्तरिम शासन विधान निर्माण गरी सोहीअनुसार माओवादीसमेतको संलग्नतामा अन्तरिम सरकार गठन गर्ने र संविधानसभाको चुनाव सम्पन्न गर्ने उल्लेख छ । अन्तरिम शासन विधान निर्माणका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा विधान मस्यौदा समिति निर्माण भई काम सुरु गरिसकेको छ । पन्ध्र दिनभित्र अन्तरिम शासन विधानको मस्यौदा पेश गर्न सो समितिलाई भनिएको छ । र, एक महिनाभित्र अन्तरिम सरकार गठन गरी संविधानसभाको निर्वाचनको मिति तोक्नेसमेत सहमति भएको छ । तर अन्तरिम शासन विधान मस्यौदा समितिको गठनका बारेमा पनि व्यापक विवाद उठेको छ ।
(more...)

June 22, 2006

नेपाली राजनीति नयाँ मोडमा

Filed under: Uncategorized

- घनेन्द्र ओझा

असार २ गतेको दिन नेपाली राजनीतिमा महत्वपूर्ण दिनका रूपमा रहृयो । संसदवादी सात राजनीतिक दल तथा विद्रोही माओवादीका बीचमा समझदारी भई देशलाई अग्रगति दिन र देशको समुन्नत भविष्यको खाका कोर्नका निम्ति यस दिन महत्वपूर्ण निर्णय गरियो । जनआन्दोलनपश्चात् बनेको सात राजनीतिक दलको संयुक्त सरकार र दश वर्षअघिदेखि राज्यसत्ता परिवर्तनको मागसहित सशस्त्र जनयुद्धमा सामेल ने. क. पा. -माओवादी) अन्ततः एउटै बाटोबाट यात्रा गर्न सहमत भए । 'जहाासम्म पुगिन्छ सागै हिाडौा' भन्ने कुरामा संसदवादी दलहरू र माओवादीलाई सहमत गराउन यसबीचमा धेरै पक्षले भूमिका खेलेका छन् । यसबीचमै राजनीतिक दलहरूले आफूलाई सुधारसमेत गरेका छन् ।
(more...)

June 14, 2006

हिलो छ्याप्ने काम बन्द गर

Filed under: Uncategorized

- घनेन्द्र ओझा

दोस्रो जनआन्दोलनपछि जनताले आशा गरेअनुसारका काम कारबाही संसद र सरकारले गर्न सकिरहेका छैनन् । संसद र सरकार झिनामसिना समस्या र विवादमा अलमलिने समय यो होइन । अहिलेको संसद र सरकारको काम र जिम्मेवारी अत्यन्तै गहन छ । देश बाह्र वर्षे संसदवादी राजनीतिक दलहरूको ताण्डव, दश वर्षे सशस्त्र जनयुद्धको विध्वंश र ४ वर्षे राजा ज्ञानेन्द्रको स्वेच्छाचारी रजाइाका कारण आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिकलगायतका क्षेत्र तहसनहस बनेका छन् । यिनको पुनःनिर्माण र पुनःसंरचनाका निम्ति सबैभन्दा पहिलो शर्त देशमा शान्ति स्थापना गर्नु नै हो ।
(more...)

प्रमको भारत भ्रमणः स्वागतमा शङ्का

Filed under: Uncategorized

- घनेन्द्र ओझा

यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला छिमेकी मुलुक भारतको भ्रमणमा हुनुहुन्छ । राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते राज्यको सम्पूर्ण कार्यकारी अधिकार आफूमा निहित रहेको बताउादै देशको शासन व्यवस्थाको सााचो आफ्ना हातमा लिएपछि ४ वर्षयता नेपाल सरकारका तर्फबाट छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्ने संभवतः गिरिजाप्रसाद कोइराला पहिलो प्रधानमन्त्री हुनुहुन्छ ।
(more...)

सङ्क्रमणकालीन अवस्था र आगामी दिशा

Filed under: Uncategorized

- घनेन्द्र ओझा

देश यतिबेला राजनीतिक, आर्थिक, सामाजिकलगायत हरेक क्षेत्रमा सङ्क्रमणकालीन अवस्थाबाट गुजि्ररहेको छ । बैशाख ११ पछि देशका विभिन्न भागमा लुटपाटका घटनाहरू बढिरहेका छन् । राजधानी काठमाडौामै पनि केही दिन यता लुटपाटका घटनामा वृद्धि भइरहेको छ । यो सब तरल राजनीतिक परिवेशका कारण भएको मान्न सकिन्छ । हरेक राजनीतिक परिवर्तनपछिको राजनीतिक तरलताको बेला अवसरवादीहरूले फाइदा लुट्ने हरसम्भव प्रयास गरिराखेका हुन्छन् । सङ्क्रमणकालीन अवस्थामा देशमा संविधान र नियम/कानुनको अभाव हुनु र प्रभावकारी दण्ड व्यवस्था भैनसक्नुले गर्दा केही व्यक्तिहरूमा स्वेच्छाचारिताले प्रश्रय पाउनु स्वाभाविक हुन्छ । यस्ता क्रियाकलापमा समयमै नियन्त्रण गर्ने प्रभावकारी संयन्त्र नबनाइएमा यो क्रमले भयङ्कर स्थिति उत्पन्न हुनसक्ने तर्फ सरकारले र सरकार र संसदमा नेतृत्व गर्ने दलहरूले ध्यान पुर्‍याउनु जरुरी छ ।
(more...)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here